भायानेटले इमाडोलमा पूर्ण सुविधा सम्पन्न नयाँ शाखा सञ्चालनमा ल्यायो
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
जावलाखेल। नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र पूर्ण सुविधा सम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ। इमाडोलवासी ग्राहकहरूलाई लामो समयदेखि सेवा प्रदान गर्दै आएको भायानेटले ग्राहक सङ्ख्या र आवश्यकता बढेसँगै अब भुक्तानी तथा ग्राहक सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट र फाइबर मर्मत सम्भार सेवासमेत स्थानीय स्तरमै यही शाखाबाट उपलब्ध गराउनेछ।
यसले इमाडोल तथा आसपासका ग्राहकहरूलाई आवश्यक सेवा अझ छिटो र सहज रूपमा आफ्नै क्षेत्रमा प्राप्त गर्न सहज हुनेछ। कम्पनीका अनुसार नयाँ शाखा ललितपुरको इमाडोलस्थित राता मकै चोकमा अवस्थित छ। यो शाखा २०८३ भाद्र १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)