राष्ट्रिय आपूर्ति नीति सार्वजनिक, तीन महिनाको बफर स्टक राख्ने सरकारको तयारी
bishowkhabar.com · Sun Aug 16 12:03:32 GMT 2026

काठमाडौं– सरकारले सिन्डिकेट, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राय तथा सुझावका लागि सार्वजनिक गरेको नीतिले पुरानो आपूर्ति नीति, २०६९ लाई प्रतिस्थापन गर्दै संघीय संरचनाअनुसार आपूर्ति व्यवस्थापनको नयाँ खाका अघि सारेको हो ।
नयाँ नीतिले अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्न कम्तीमा तीन महिनाको राष्ट्रिय माग धान्न सक्ने गरी बफर स्टक राख्ने व्यवस्था प्रस्ताव गरेको छ। यसका लागि सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा रणनीतिक भण्डारण केन्द्र निर्माण गरिने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)