दसैँमा सहज बन्दै बागलुङका सडक
nagariknews.nagariknetwork.com · Sun Oct 18 00:57:18 GMT 2026

बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ।
यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले जिल्लाका सडक पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, प्रदेशस्तरीय तथा ग्रामीण सडक अवरुद्ध भएका थिए। क्षतिग्रस्त सडकमा अस्थायी मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)