सुनकोसीमा खस्यो काठमाडौंबाट खोटाङ जाँदै गरेको टाटा सुमो
kendrabindu.com · Sun Oct 18 01:19:40 GMT 2026

काठमाडौं । काठमाडौंबाट खोटाङ जाँदै गरेको टाटासुमो आज बिहान सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको रत्नावतीस्थित प्रहरी चौकीका अनुसार को १ ज २९७६ नम्बरको टाटा सुमो आज बिहान २:३० बजे सिन्धुली फिक्कल गा.पा. वडा नं.०६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल सुनकोसी नदीमा खसेको हो।
घटनास्थलमा ३ जना महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।चालकसहित २ पुरुष, १ महिला र एक बालिकालाई उद्धार गरी उपचारमा पठाइएको छ। चालकको भनाइअनुसार ३ जना बेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)