सिन्धुलीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
nepalsamaya.com · Sun Oct 18 01:39:57 GMT 2026

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।
आइतबार बिहान करिब २: ३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको हो। दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)