खोटाङ जाँदै गरेको सुमो सुनकोशीमा खस्यो: ३ जनाको मृत्यु, ३ बेपत्ता
nepalviews.com · Sun Oct 18 01:59:41 GMT 2026

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको यात्रुवाहक टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। गएराति करिब २:३० बजे को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा परी ज्यान गुमाएका तीनै जना महिलाको शव नदी किनारबाट फेला परे पनि उनीहरूको सनाखत हुन सकेको छैन। दुर्घटनामा चालकसहित चार जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा ओखलढुङ्गाका २९ वर्षीय सवारी चालक आशिष विष्ट, खोटाङ दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)