मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राकृतिक विपत्ति बिर्सँदै चाडपर्वको तयारीमा मैथिल

barnanmedia.com · Sat Oct 11 21:55:49 GMT 2025

अविरल वर्षासँगै बाढी र डुबान खेप्दै दशहारा (दसैँ) पर्व सकेका मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रका बासिन्दा प्राकृतिक विपत्तिलाई बिर्सँदै दीपावली र छठसहितका मुख्य पर्वको तयारीमा जुटेका छन् । दीपावलीमा बस्तीका सडक, ढल सरसफाइ गर्दै घर सिङ्गार्ने मैथिल परम्पराअनुसार यतिखेर यहाँका बस्तीबस्तीमा पर्वको उल्लास छाउँदो छ । सबै घरघरमै जसो दीपावली र त्यसलगत्तै आउने निष्ठाको पर्व छठको तयारी देखिँदो छ । उज्यालोको पर्व मानिने दीपावली र छठको तयारीले अहिले मिथिला क्षेत्र पर्वमय बन्दो देखिँदैछ ।

“दशहारा त बाढी, डुबानबीचमै बित्यो, मन खोलेर रमाइलो गर्न पाइएन । वर्ष दिनमा आउने पर्व हुन्, अब दीपावली र छठ राम्ररी मनाउन पाइयोस् भन्ने छ”, घररङरोगनमा व्यस्त भङ्गाहा–५ कटैयाकी ६० वर्षीया रामराजी यादव भन्नुहुन्छ, “काममै दलिएर भए पनि रमाउने भनेको चाडपर्वमै हो ।” बस्तीबस्तीमा राष्ट्रिय महत्वका यी पर्वको तयारीले मिथिला क्षेत्रमा अहिले चहलपहल निकै बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)