मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किन पक्राउ परे लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट ?

arthadabali.com · Sun Oct 18 02:16:56 GMT 2026

काठमाडौँ / लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन् । इनाम सापकोटासँगको कारोबार तथा सम्बन्ध जोडिएपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ परेका भट्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)