मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीले नपुगेर मन्त्रिरिषदबाटै डीडीसीका उत्पादनको ‘ब्राण्डिङ’, संस्थानले काँचुली फेर्नसक्ने

corporatenepal.com · Tue Jun 09 10:38:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नपुगेर मन्त्रिरिषदबाटै डीडीसी (दुग्ध विकास संस्थान)का उत्पादनको ‘ब्राण्डिङ’ गरिएको छ । मंगलबारको बैठकमा डीडीसीले प्रधानमन्त्रीसहित मन्त्रीहरुसमक्ष आफ्नो उप्पादनहरुको प्याकेट पुर्याएको हो ।

यस खालको ब्राण्डिले सरकारी स्वामित्वको संस्थाले काँचुली फेर्ने संभावना बढेर गएको छ । स्वदेशी उत्पादन प्रवर्द्धन र किसान हित प्राथमिकता दिने उद्देश्यले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीलाई डीडीसीका उत्पादनको प्याकेट वितरण गराउन लगाएको बुझिएको छ ।

Advertisement

प्रधानमन्त्री र मन्त्रीहरूलाई बाँडिएको प्याकेटमा डीडीसीबाट उत्पादित दुध, केशर दुध, बटर, चिज, दही र पेँडा छ । स्वदेशी वस्तुको उपभोग बढाउने र सरकारी संस्थानको बजार विस्तार गर्ने एजेन्डा सांकेतिक रूपमा अगाडि बढाउन मन्त्री चौधरीले बैठककै क्रममा डीडीसीको प्याकेट वितरण गरेकी थिइन् ।

यसअघि प्रधानमन्त्री बालेनले डीडीसीको चिज खाएको तस्वीर सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो । आजको मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन तथा व्यावसायिक सुदृढीकरणका विषयमा छलफल समेत भएको छ ।

बैठकमा मन्त्री चौधरीले नेपाली किसानबाट संकलित दूधको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाटै अग्रसरता लिनुपर्नेमा जोड दिएको स्रोतको भनाई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय