मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धौलागिरी क्षेत्रमा बेपत्ता सोलुका कार्कीको शव ३ महिनापछि भेटियो

annapurnapost.com · Thu Jan 19 01:00:00 GMT 2023

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका- २ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका २७ वर्षीय कार्कीको शव मंगलबार फेला परेको हो ।

हिमपात भएको बेला बेपत्ता बनेका कार्कीको शव हिउँ पग्लदै गएपछि देखिएको मृतकका आफन्त सुर्यबहादुर बस्नेतले बताए । उनको शव हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट गाडीमार्फत काठमाडौ पठाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)