मदिराको विषयमा मिडियाका अगाडि निरीह विज्ञापन बोर्ड
mysansar.com · Sat Nov 13 14:26:06 GMT 2021
यसपालि दशैँतिहारको चाडवाडमा मिडिया साहुहरुलाई फाइदै भो। तपाईँहरुले पनि याद गर्नुभयो होला, चल्तीका कति पत्रिकाहरुले ज्याकेट ओढेका थिए। फ्रन्टपेजमा समाचारको साटो विज्ञापन देखिनुलाई ज्याकेट लगाएको भन्छन् प्राविधिक भाषामा। यस्तो ज्याकेट अधिकांश मदिरा कम्पनीहरुका थिए। अनलाइनहरुमा पनि क्लिक गर्ने बित्तिकै समाचार नदेखेर यस्तै मदिराका विज्ञापन देखेको पनि धेरैले याद गर्नुभयो होला। मिडियाले विज्ञापन पाउनु राम्रै कुरा हो। विज्ञापन बिना मिडिया चल्दैन पनि। तर मदिराको विज्ञापनलाई भने कानुनले वर्जित गरेको छ। मदिराको विज्ञापन पत्रिका, अनलाइन, रेडियो, टिभी कतै पनि गर्न पाइँदैन। तर कानुन अटेर गरेरै पनि यस्ता विज्ञापन मिडियाले दिए। दशैँ तिहार सकिएपछि अस्ति बिहीबार भने विज्ञापन बोर्डले एउटा सूचना निकालेर झारा टारेछ।
विज्ञापन बोर्डले दुई वटा ऐनको हवाला दिँदै यस्तो विज्ञापन नराख्न अनुनय विनय गरेको शैलीको भाषा छ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)