मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अतिक्रमित संरचना हटाइयो

barnanmedia.com · Tue Jun 09 10:35:33 GMT 2026

सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा महानगरपालिका–९ पृथ्वीचोकदेखि हङकङ बजार, ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँबजार जोड्ने सडक चौडा भएको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले निर्माण गरेका भवनमा यही जेठ १८ गते महानगरपालिकाले डोजर चलाएको थियो ।

हङकङ बजारको पूर्वपट्टी रहेका संरचना भत्काइपछि सो क्षेत्रको सडक खुला र फराकिलो बनेको हो । महानगर प्रमुख धनराज आचार्यले उक्त सडकलाई दुई लेनमा विस्तार तथा स्तरोन्नति गरिने बताउनुभयो । उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)