मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तातोपानी नाका आजदेखि ३ दिन खुल्ने

sutranews.com · Sun Oct 18 02:42:44 GMT 2026

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका लागि खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्म नाका सञ्चालनमा आउनेछ । मन्त्रालयका अनुसार उक्त अवधिमा मालवाहक सवारीसाधनलाई मात्र नाकाबाट आवतजावत गर्न अनुमति दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षको आग्रहपछि चिनियाँ पक्षले नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो । नाका खुल्दा नेपालचीनबीचको व्यापारिक आवागमन सहज हुनुका साथै चाडपर्वका बेला आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)