जेनजी आन्दोलनका नेतृत्वकर्ता गुरुङले भने ‘अब चाहिँ अति भयो
barnanmedia.com · Sat Oct 11 22:47:51 GMT 2025

हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले सामाजिक सञ्जालमा फैलाइएका झुटा समाचारप्रति कडा प्रतिक्रिया जनाउँदै साइबर सेनाको ट्रेन्ड र गलत आरोपहरू अब सह्य नहुने चेतावनी दिएका छन्।
गुरुङले शनिबार सामाजिक सञ्जालमा आफू र आफ्नो समूहलाई लक्षित गरी फैलाइएका झुटा समाचारप्रति असन्तुष्टि जनाएका हुन्। उनले एक भिडियो सन्देश जारी गर्दै भने, ‘अब चाहिँ अति भयो। हामीलाई ‘फ्रि तिब्त’सँग जोडेर झुटा समाचार फैलाइएको छ, मानिसहरू पत्याइरहनु भएको छ। कति ठाउँमा लड्ने भ्रष्टाचारविरुद्ध, झुटा समाचारविरुद्ध कि आफ्नै समूह मिलाउन ? ’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)