मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चक्रपथ निर्माणमा सरकारी बेवास्ता

rajdhanidaily.com · Mon Mar 14 23:18:34 GMT 2022

चक्रपथ विस्तारका क्रममा बाँकी रहेको कलंकी–महाराजगन्ज दोस्रो खण्ड सरकारको बेवास्ताका कारण चिनियाँ निर्माताले काम अघि बढाउन सकिरहेको छैन । यो खण्ड निर्माणका लागि निर्माणस्थल बाटोको वरिपरि रहेका पोल, तार, रुख, व्यक्तिगत जग्गा र मुआब्जा आदि विषय समयमै हल गरी साइट क्लियर गर्न चिनियाँ पक्षले धेरै पहिलेदेखि भन्दै आएको हो । तर, त्यो काम अहिले पनि नेपाल पक्षले गरिरहेको छैन । एमसीसी पारित भएपछि देउवा सरकार झनै आलसी र अटेरी बन्दै गएको देखिएको छ । काम नगर्ने तर ढाँट र छलमा उत्रन थालेको छ । अहिले कलंकी–महाराजगन्जको साइट नै क्लियर नगरी चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरिरहेको छ । सरकारले आफूले गर्ने काम क्लियर नगरी अर्को पक्षलाई बोलाउन थाल्नु निहुँ खोज्नु र काम हुन नदिनु जस्तै हो । अहिले देउवा सरकारले अबको दुई महिनाभित्र साइट क्लियर गरिसक्ने प्रतिबद्धता जनाउँदै कलंकी–महाराजगन्जको सडक खण्ड निर्माणका लागि चिनियाँ पक्षलाई पत्र लेख्ने तयारी गरिरहेको छ । यसका पछाडिका कारण भनेको देउवा सरकारको चिनियाँ पक्षलाई काम गर्न दिने कुरामा अप्रत्यक्ष अनिच्छाले काम गरेको देखिन्छ ।

नेपाल आफैंमा भूपरिवेष्ठित देश हो । यसको सामुद्रिक सीमा छैन । उत्तर र दक्षिणमा अभूतपूर्व आर्थिक विकास गरिरहेका छिमेकी देश छन् । मित्र जति पनि बनाउन सकिन्छ, तर छिमेकी भने अदलबदल गर्न पाइँदैन । त्यसैले छिमेकीसँगको सम्बन्ध निरन्तर र दीगो प्रकृतिको हुनुपर्छ । त्यसमा पनि दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनले नेपालको आर्थिक उन्नति र विकासमा सहयोगका साथै आआफ्नो भूरणनीतिक चासो पनि प्रकट गर्दै आइरहेका छन् । यसको अर्थ हुन्छ, नेपालको विकास र निर्माणमा यी देश पनि सहभागी हुन चाहन्छन् । भलै यो अनुदान होस् वा ऋण सहयोग नै । अहिले बन्दै गरेको कलंकी–महाराजगन्ज सडक खण्ड चिनियाँ सरकारले निःशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम हो । कलंकी–भक्तपुर सडक खण्ड चिनियाँ सरकारले निःशुल्क निर्माण गरिसकेको छ । तर, बाँकी रहेको कलंकी–महाराजगन्ज खण्ड नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण सुरु हुन सकेको छैन । नेपाल सरकारका तर्फबाट यो खण्डमा गरिनुपर्ने साइट क्लियरको काम अहिले पनि बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)