एमालेले रोक्यो विद्या भण्डारीलाई ‘सक्रिय राजनीति’मा आउन
baahrakhari.com · Tue Jul 22 18:59:59 GMT 2025

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा तीन नेताले असहमति जनाएका थिए । तर, प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख गौतमले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)