मौसम : कहाँ सफा, कहाँ बादल
barnanmedia.com · Sun Oct 18 03:05:29 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले आज आइतबार बिहान ८ बजे जनाएअनुसार यतिबेला कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
मौसम महाशाखाको प्रक्षेपणअनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ। मधेस तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराईको आकाशमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईमा मौसम मुख्यतया सफा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)