मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर

nepallive.com · Fri Aug 19 00:54:00 GMT 2022

काठमाडौं– भारतीय हाँस्य व्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भिर भएको छ। ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो।

श्रीवास्तवलाई १० अगस्टमा करसत गर्दै गर्दा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो। दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरेर उनलाई सोही दिन राति ‘एंजिययोप्लास्टी’ गरेर उपचार गरिएको थियो। त्यसपश्चात पनि उनको होस नआएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखेर निगरानी गरिएको थियो। बुधबार राति उनको स्वास्थ्यमा केही सुधार आएको जस्तो देखिएपछि एक घण्टाका लागि भेन्टिलेटर सपोर्ट हटाइएको थियो। तर, पुनः उनलाई ज्वरो आउनेजस्ता समस्या देखिएपछि भेन्टिलेटर सपोर्टमै राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)