मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलनका क्रममा लुटिएका ५५ राउण्ड गोली फेला

rajdhanidaily.com · Sat Oct 11 23:21:32 GMT 2025

सुन्दरहरैंचा (मोरङ) । झापामा जेनजी आन्दोलनका क्रममा लुटिएका एसएलआरको ५५ राउण्ड गोली फेला परेको छ । कमल गाउँपालिका –७ रंगपुर बस्ने ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्ने क्रममा आफ्नो खेतबारीमा सेतो बोरामा गोली फेला पारेका हुन् । उनले बोरा खोली हेर्दा गोली रहेकाले प्रहरीलाई खबर गरेका थिए ।

आज बिहान इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी निरीक्षक नवीन राईको टोलीले एसएलआरको गोली ७.६२ एमएम ५५ राउण्ड बुझेको थियो । ती गोली इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका २४ थान हतियार, ५६९० वटा गोली र १८० सेल अश्रुग्यास गायव भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)