आमाको देहान्तपछि म एकचोटि मात्र रोएको थिएँ : राजकुमार ह्यारी
baahrakhari.com · Sun Jan 08 17:07:00 GMT 2023
लन्डन । बेलायतका राजकुमार ह्यारीले सन् १९९७ मा आफू आफ्नी आमा तथा प्रिन्सेस अफ वेल्स डायनाको निधनमा एकपटक मात्रै रोएको तथ्य सार्वजनिक गरेका छन् । आफ्नो आत्मकहानी समेटिएको पुस्तक 'स्पेयर'को प्रोमोसनका क्रममा दिइएको एउटा अन्तर्वार्तामा उनले सार्वजनिक स्थलमा अन्य शोकमा रहेका व्यक्तिहरूको भेटमा आफू र आफ्नो दाजु विलियमले कसरी भावना पोख्न नसकेको भन्नेबारे खुलाएका छन् ।
ड्युक अफ सस्सेक्स ह्यारीले आई टेलिभिजनका प्रस्तोता टम ब्राड्लीलाई भनेका छन्, “मेरी आमाको पार्थिव शरीरलाई गाडिँदा म रोएको थिएँ । केन्सिंग्टन प्यालेस बाहिर पुष्पगुच्छा राख्ने भिडसँगै हिँड्दा मलाई केही आत्मग्लानि महसुस भएको थियो ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)