मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

विशाल बन्जाडेलाई सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट नव्यव्याकरणमा गोल्ड मेडल

rajdhanidaily.com · Sat Oct 11 23:28:11 GMT 2025

कपिलवस्तु । कपिलवस्तुका युवा विशाल बन्जाडेले भारतको बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट नव्यव्याकरण (Navya Vyakarana) विषयमा गोल्ड मेडल प्राप्त गरेका छन्। उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा विश्वविद्यालयले बन्जाडेलाई यस वर्षको सर्वोत्कृष्ट विद्यार्थी घोषित गरेको हो।

सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, बनारस (वाराणसी), भारतको सबैभन्दा पुरानो संस्कृत विश्वविद्यालय मानिन्छ, जहाँ संस्कृत भाषा, व्याकरण, दर्शन, साहित्य र वैदिक अध्ययनमा विशेषता हासिल गर्न विद्यार्थीहरू अध्ययन गर्छन्। उक्त विश्वविद्यालयले भारतीय तथा अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीहरूलाई परम्परागत संस्कृत ज्ञान र आधुनिक अनुसन्धानको संयोजनमा आधारित शिक्षा प्रदान गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)