उत्तर कोरियाद्वारा भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
barnanmedia.com · Sat Oct 11 23:22:48 GMT 2025

उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए)ले जनाएको छ । उक्त परेडमा रुस र चीनका उच्च अधिकारी पनि उपस्थित थिए । परेडमा नेता किम जोङ उनले व्यक्तिगतरूपमा नेतृत्व गर्नुभएको थियो । हालै युक्रेनमा भइरहेको युद्धले उहाँलाई मस्कोसँग अझ निकट बनाएको देखिन्छ । उत्तर कोरियाले रुसको सेनासँगै लड्न हजारौं सैनिक पठाइसकेको र त्यसको प्रतिफल स्वरूप रुसबाट महत्त्वपूर्ण सहयोग प्राप्त गरेको बताइन्छ ।
रूसी सुरक्षा परिषद्का उप-प्रधान तथा राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेव, चिनियाँ प्रधानमन्त्री ली किआङ र भियतनामका नेता टो लाम परेडमा सहभागी हुनुभएको थियो । केसिएनएले प्रकाशित तस्वीरमा सबैजना किमको छेउमै बसेका देखिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)