मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इराकको जेलमा ८ नेपाली, अवैध नेपालीलाई आममाफी दिन माग

rajdhanidaily.com · Sat Oct 11 23:34:45 GMT 2025

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इराकले घर फर्कन चाहने अवैध नेपालीहरुलाई आममाफी दिन माग गरेको छ। इराक हेर्ने समेत जिम्मेवारी पाएका कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालसँग इराकको बग्दादस्थित कोरल होटलको हलमा नेपाली श्रमिकहरु बीच भएको अन्तरक्रिया अवैध नेपालीलाई आममाफी दिन माग गरिएको हो।

उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठले अबैधानिक रुपमा भए पनि नेपाली श्रमिक निरन्तर रुपमा ठूलो संख्यामा इराक प्रवेश गरिरहँदा भिजिट भिसामा प्रवेस गर्ने हुँदा विभिन्न समस्या झेल्न परिरहेको भन्दै कुटनैतिक तवरबाट पहल गरी कामदार भिषा नै दिने वातारण बनाउन राजदूत लम्सालसँग आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)