४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
ratopati.com · Tue Jun 09 10:45:39 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता ४ लाख २३ हजार २३७ जनाले अद्यावधिक गरेका छन् ।पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये त्यति जनाले अद्यावधिक गरेको जानकारी दिए । पौडेलले १ लाख १ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको बताएका छन् ।
२ लाख ५७ हजार ६६३ जना सदस्यहरूले विवरण अद्यावधिकको प्रक्रिया नै सुरु नगरेको पनि पौडेलको भनाइ छ । पौडेल नेतृत्वको समितिले क्रियाशील सदस्यता अद्यावधिक गर्न जेठ २८ गते राति १२ बजेसम्मको समय दिएको छ । त्यो समय सकिन २ दिन मात्र बाँकी रहँदा यति मात्रामा सदस्यता अद्यावधिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)