गगन थापालाई प्रश्न– पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ?
shilapatra.com · Tue Jun 09 10:45:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् ।
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।
संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले गरिरहनुभएको छ ।’
पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गरे ।
सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३
१६:३०
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)