मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वर उपचार सेवा सुरु

gorkhapatraonline.com · Sun Oct 18 03:39:13 GMT 2026

। आवाजमा परिवर्तन आउने, स्वर बस्ने तथा बोल्दा आवाज थाक्ने समस्याबाट पीडित बिरामीलाई लक्ष्य गरी भरतपुर अस्पतालले स्वर उपचार (भ्वाइस थेरापी) सेवा सुरु गरेको छ ।

अस्पतालका श्रवण, बोली तथा भाषा विशेषज्ञ सुषमा लामिछानेले स्वरमा समस्या भएका बिरामीको अवस्था र समस्याको कारण पहिचान गरी आवश्यकता अनुसार उपचार सेवा प्रदान गरिने बताउनुभयो । लामो समयसम्म स्वर भासिने, घाँटीमा असहज महसुस हुने र बोल्दा आवाज कमजोर हुँदै जाने समस्या भएका व्यक्तिले यो सेवा लिन सक्ने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)