जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ
hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

जनकपुर। जानकी मन्दिरका लागि प्रसिद्ध जनकपुरको राम मन्दिर प्राङ्गणमा अवस्थित राजदेवी मन्दिर दसैँका बेला विशेष चर्चा र आकर्षणको केन्द्र बन्ने गर्दछ। शारदीय नवरात्रको अवसरमा सिँगारिएको यस मन्दिरमा महाअष्टमीको साँझ ठूलो सङ्ख्यामा बोका बलि चढाउने परम्परा छ।
वर्षको एक दिन मात्र बलि चढाउने गरिए तापनि दसैँमा नेपालमै सबैभन्दा बढी बलि प्रदान गरिने मन्दिरका रूपमा यो चिनिन्छ। जनकपुरमा कुवा, देवी चोक र राम मन्दिर प्राङ्गण गरी कम्तीमा तीनवटा राजदेवी मन्दिर रहेकामा राम मन्दिर परिसरको मन्दिर सबैभन्दा बढी चर्चित छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)