मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दूधमा उपभोक्तालाई थप १४ रुपैयाँ भार

ekantipur.com · Fri Feb 11 01:48:20 GMT 2022

काठमाडौँ — सरकारले कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्ता मूल्य भने १४ रुपैयाँसम्म वृद्धि गरेको छ । फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टी–मिल्कमा १०, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाइएको डीडीसीले जनाएको छ । ‘संकलन, ढुवानी खर्च, प्याकेजिङ, प्रशासनिक खर्चलगायत जोडेर वैज्ञानिक आधारमा उपभोक्ता मूल्य तोकेका छौं,’ डीडीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले भने, ‘नयाँ मूल्य शुक्रबारदेखि लागू भएको छ ।’

माघ १७ को मन्त्रिपरिषद् बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा कच्चा दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गरेको थियो । कच्चा दूधको मूल्य बढेसँगै डेरी उद्योगीहरूले उपभोक्ता मूल्य बढाउन दबाब दिएका थिए । उनीहरूले स्ट्यान्डर्ड दूधको उपभोक्ता मूल्यमा १० रुपैयाँ बढाउन दबाब दिएका थिए । कच्चा दूधको न्यूनतम मूल्य निर्धारण भएपछि घाटा लाग्ने भन्दै प्रदेश १ र ५ (लुम्बिनी प्रदेश) का डेरीहरूले उपभोक्ता मूल्य बढाइसकेका थिए । उनीहरूले सरकारी धारणा आउनुअगावै मूल्य तोकेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)