चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)
khabarhub.com · Sun Oct 18 03:43:42 GMT 2026

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब पुराना दिनको कथाजस्तै बन्दै गएको छ। प्रविधिको विकास, मोबाइल फोनप्रतिको आशक्ति र सहरीकरणका कारण काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरमा चङ्गा उडाउने संस्कृति खुम्चिँदै गएको छ। तर, यही चङ्गालाई एउटा सामान्य खेल वा मनोरञ्जन मात्र नभई विश्व मञ्चमा नेपालको पहिचान र खेल पर्यटनको बलियो माध्यम बनाइरहेका छन्, अन्तर्राष्ट्रिय काइट खेलाडी प्रमेश केसी। वर्ल्ड काइट फेडेरेसन (विश्व चङ्गा महासंघ) मा नेपालको प्रतिनिधित्व गर्दै आएका केसी चङ्गाको उपयोग यसको धार्मिक र सांस्कृतिक महत्वको चर्चा गरेका छन् :
नेपालमा विशेष गरी दसैँ र तिहारको अवसरमा चङ्गा उडाउने चलन पुरानो संस्कृतिसँग जोडिएको छ। धार्मिक दृष्टिले यसलाई रामले रावणमाथि विजय प्राप्त गरेपछि उत्सवका रूपमा मनाइएको र विजयको प्रतीकका रूपमा लिइएको विभिन्न ग्रन्थमा पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)