मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोसी बाढीले बगाएको ढुंगे–त्रिशूली जोड्ने झोलुंगे पुल सञ्चालनमा

kendrabindu.com · Sun Oct 18 03:45:44 GMT 2026

त्रिशूली (नुवाकोट) । भोटेकोसी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको झोलुंगे पुल निर्माणसँगै सहज भएको छ । ढुंगे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको कठिनाइलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो ।

गत भदौ १० गतेको बाढीले पुल बगाएपछि नदी वारपार गर्न स्थानीयवासीले तुइन तथा जीपलाइनको सहारा लिँदै आउनु परेको थियो । विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजारसहित नदीपारिका बस्तीमा आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो । झोलुंगे पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतका साथै राहत सामग्री ओसारपसार र पुनर्स्थापनाका काममा पनि सहज भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)