मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोसी बाढी : सरकारले उठायो १७ अर्ब ७५ करोड रकम, खर्चियो ३७ करोड मात्रै

baahrakhari.com · Sun Oct 18 03:51:03 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले करिब १८ अर्ब रुपैयाँ संकलन गरेको छ । तर, हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट उक्त रकम खर्च भएको छैन । कोषमा जम्मा भएको १७ अर्ब ७५ करोड रुपैयाँ खर्च नभई त्यसै थन्किएको हो ।

पहिलो चरणको आधारभूत व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट खर्च व्यवस्थापन गर्दै आएको छ । जसअनुसार प्राधिकरणले करिब दुई महिनामा बाढी प्रभावित क्षेत्रको उद्धार तथा आधारभूत व्यवस्थापनका लागि ३७ करोड रुपैयाँ मात्रै खर्चिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)