मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पूर्वमा 'सुनौलो रेशा'को सानदार 'कमब्याक'

lokaantar.com

कुनै समय नेपालको औद्योगिकीकरणको जग बसालेको र ‘सुनौलो रेशा’का रूपमा पहिचान बनाएको जुट खेतीले कोशी प्रदेशमा फेरि नयाँ जीवन पाएको छ । विगत केही वर्षदेखि कच्चा पदार्थको गम्भीर संकट खेपिरहेका सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगहरूका लागि यस वर्ष सुखद समाचार आएको हो । प्रदेशमा जुटको उत्पादन अघिल्लो वर्षको तुलनामा बढेको छ ।

आकर्षक मूल्य र आधुनिक प्रविधिको प्रयोगले किसानलाई पुन: परम्परागत जुट खेतीतर्फ आकर्षित गराएको हो । जुट उद्योगीहरूका अनुसार गत वर्ष कोशी प्रदेशभर करिब ८ हजार मेट्रिक टन जुट उत्पादन भएकोमा यस वर्ष त्यो बढेर १५ देखि १६ हजार मेट्रिक टनसम्म पुग्ने प्रारम्भिक अनुमान छ । स्वदेशी उत्पादनमा आएको यो उछालले विदेशी कच्चा पदार्थमा निर्भर उद्योगहरूमा नयाँ उत्साह सञ्चार गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)