दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु
nepalviews.com · Sun Oct 18 03:58:44 GMT 2026

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो ।
प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको थियो । घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार भइरहेको जानकारी दिए । उनले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)