दसैँखर्च जुटाउन डोके व्यापार
gorkhapatraonline.com · Sun Oct 18 04:06:26 GMT 2026

गुल्मीको इस्मा गाउँपालिका–५, हुलाकेका ६२ वर्षीय नेत्र कुमाल साग र अदुवा डोकोभरि राखेर तम्घास बजार डुल्नुहुन्छ । गाउँबाट गाडीले बिहानै उतारेपछि बजार डुल्दाडुल्दै फर्किने बेला भइहाल्छ ।
गाउँमा नियमित काम नहुँदा अरू आयस्रोतको बाटो छैन । दसैँ विपन्न र झुपडीलाई पनि आइसक्यो । यसका कारण इस्माका अमरपुर, रजस्थल, हस्तीचौर, धुर्कोटका वस्तु र जैसीथोक तथा मालिकाका अर्जे र मरभुङका विपन्न परिवार दसैँखर्च जुटाउन गाउँका उत्पादन अदुवा, सागसब्जी र फलफूल डोकोमा बोकेर सदरमुकाम तम्घास आउँछन् । नेत्र कुमाल पहिलेदेखि नै मौसम अनुसारका तरकारी तथा फलफूल बोकेर तम्घास आउनुहुन्थ्यो । त्यो बेला तीन घण्टा हिँडेर आउनु पथ्र्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)