महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो
khabarhub.com · Sun Oct 18 04:17:40 GMT 2026

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा शनिबार भक्तजनको ठूलो घुइँचो लागेको छ। डडेलधुरा सदरमुकामबाट चार किलोमिटर उत्तरतर्फ अवस्थित मन्दिरमा अष्टमी मेला भर्न र पूजाअर्चना गर्न सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य क्षेत्रबाट समेत दर्शनार्थीहरू पुगेका छन्।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीका दिन मन्दिरमा विशेष पूजाआजासहित राँगा र बोकाको बलि दिने परम्परा छ। विजयादशमीका दिन पनि यहाँ भव्य पूजाआजा हुने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)