मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

साथी बन्न सजिलो, टिक्न गाह्रो

rajdhanidaily.com · Tue May 25 23:20:13 GMT 2021

पूर्वीय दर्शनमा साथीभन्दा पनि मित्र शब्दको निकै नै धेरै महत्व, चर्चा र प्रसंशा गरेका थुप्रै कथा सुन्न पाइन्छन् । कृष्ण–सुदामाको मित्रता, कृष्ण–अर्जुनको मित्रता, दुर्योधन–कर्णको मित्रतालगायत यस्ता कैयौं उदाहरण छन्, जहाँ मित्रताका लागि मानिसले हाँसीहाँसी आफ्नो ज्यानको बाजीसमेत थापेको सुनिन्छ । त्यति धेरै स्निग्ध, पवित्र र आदर्श मित्रताको कल्पना र खोजी अहिलेको ‘चरम स्वार्थी’ दुनियाँमा ग-यो भने ठूलो मूर्खताबाहेक केही पनि नहोला । धेरै नजिकको रगतकै नातामा पनि पाउन मुस्किल आत्मीयता खोजी साथीको सम्बन्धमा गर्न थाल्यो भने त्यो एउटा अव्यावहारिक कार्य हुन जान्छ होला । तर, कमसेकम जेजस्तो परिवेश, उपलब्धता र सम्भावना विद्यमान भए पनि केही कुराप्रति चनाखो वा सचेत हुन सक्यो भने त्यो सबैको लागि हितकर नै हुन सक्छ ।

आजभोलि ‘मित्र’ शब्दको प्रयोग निकै घटेर ‘साथी’ शब्दको प्रयोग बढ्दै गएको देखिन्छ । अझै साथी शब्दलाई पनि अंग्रेजी भाषाको फ्रेन्ड शब्दले छिटोछिटो विस्थापन गर्दै लगेको देखिन्छ । ‘मित्रता’ शब्दको प्रयोग लोप हुँदै गएर फ्रेन्डसिप शब्दको व्यापक प्रयोग हुने क्रमले तीव्रता पाएको महसुस हुन्छ । जसरी शब्दमा परिवर्तन हुँदै गएको छ । त्यसरी नै यो सम्बन्धको गुणस्तर पनि व्यापक परिवर्तन हुँदै गएको आभास हुन्छ । अर्को शब्दमा भन्नुपर्दा अहिलेको जमानाम फ्रेन्डसिप निकै कमजोर, नक्कली र क्षण भरमै टुंगिन सक्ने खालको प्रतीत हुन्छ । सुरु हुन पनि बेर नलाग्ने र अन्त्य हुन पनि क्षणभर नलाग्ने यस्तो साथीत्वलाई अर्थात् अहिलेको जमानाको साथीहरू (कोही कतै अपवादलाई छोडेर)लाई कत्तिको महत्व दिने, कति समय दिने र कति विश्वास गर्ने भन्ने कुरा पनि आजको दुनियाँमा निकै सतर्क हुनुपर्ने एउटा विषय हुन सक्छ । अर्को शब्दमा भन्नुपर्दा साथी बन्न र भन्न निकै सजिलो देखिए पनि साँचो अर्थमा साथी बनिरहन र यो सम्बन्धको पवित्रता कायम राखिरहन भने निकै नै चुनौतीपूर्ण देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)