घरजग्गाको कारोबार आधिकारिक निकायबाट
karobardaily.com · Mon Jun 20 17:52:46 GMT 2022
बजेट वक्तव्य २०७९÷८० बाट सरकारले घरजग्गाको कारोबार आधिकारिक निकायबाट अनुमति पाएको व्यक्ति र कम्पनीले मात्र पाउने व्यवस्था गरेको छ । हालै संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले सरकारले यस्तो व्यवस्था गरेको जानकारी दिए । यसको विस्तृत नीति, कार्यविधिसमेत समयसापेक्ष रूपमा आउला भन्ने अपेक्षा राखौं ।
घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले यस्तो व्यवस्था गरेको अर्थमन्त्रीले बताएका छन् । संघीय संसद्मा बजेट पेस गर्दै अर्थमन्त्रीले घरजग्गा कारोबारका लागि आधिकारिक निकायबाट अनुमति भएको व्यक्ति र कम्पनीले मात्र पाउने व्यवस्था गरिने बताए । कति व्यक्तिको मतअनुसार खुला अर्थतन्त्रमा जग्गाजमिनमा यसो गर्नु उचित हो÷होइन भन्ने कुरा पनि छन् । यो छलफलको विषय हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)