गाजाका नागरिक खाना र औषधिको अभावमा
emountaintv.com · Sun Oct 18 04:30:17 GMT 2026

युद्ध र विस्थापनका कारण गाजाका नागरिकले पर्याप्त खाना, पिउने पानी र औषधिको अभाव झेलिरहेका छन्। बजारमा खाद्यवस्तु उपलब्ध हुन थाले पनि चर्को मूल्य र आम्दानीको स्रोत गुमेका कारण धेरै परिवारलाई दैनिक छाक टार्नसमेत कठिन भएको छ। खाद्य असुरक्षाले बालबालिकाको स्वास्थ्यमा असर पारिरहेको छ भने दीर्घरोगीहरूका लागि आवश्यक औषधि र पोषण जुटाउनु थप चुनौतीपूर्ण बनेको छ।
उत्तरी गाजाको बेत हानुनबाट विस्थापित ४६ वर्षीया ओम तारिक अबु अम्शा आफ्ना सात सन्तानसहित गाजा सिटीस्थित इस्लामिक विश्वविद्यालयको क्षतिग्रस्त भवनमा बस्दै आउनुभएको छ। बजारमा केही खाद्यवस्तु उपलब्ध भए पनि परिवारका लागि पर्याप्त खाना किन्न नसकिएको उहाँले चिनियाँ समाचार संस्था सिन्ह्वासँग बताउनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)