गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
reportersnepal.com · Sun Oct 18 04:32:36 GMT 2026

कञ्चनपुर । सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी नाकामा शनिबार बिहानदेखि तालिमप्राप्त कुकुर ‘लेब्राडोर अल्फा’ र ‘जर्मन सेफर्ड’ बाट जाँच सुरु गरेको छ। चाडपर्वका बेला मात्र नभई सशस्त्र प्रहरी बल नेपालले गड्डाचौकीमा रहेको सीमा सुरक्षा गुल्ममा ‘केनाइन शाखा’ नै स्थापना गरी नियमित जाँच सुरु गरेको हो।
सशस्त्र प्रहरी बल श्री नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार सशस्त्र प्रहरीले पाँचौँ केनाइन शाखाका रूपमा गड्डाचौकीमा युनिट स्थापना गरेको छ। सिग्देलले ‘मुलुकका चार वटा मुख्य नाकामा यसअघि नै केनाइन शाखा स्थापना गरेर सशस्त्र प्रहरी बलले तालिमप्राप्त कुकुरबाट सीमा क्षेत्रको सुरक्षा पहरामा खटाएको’ बताएका छन्। उनले ‘अब पाँचौँ शाखाका रूपमा गड्डाचौकीमा केनाइन युनिट रहने’ जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)