लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
corporatenepal.com · Sun Oct 18 04:54:14 GMT 2026

काठमाडौं । लामो समयदेखि रिक्त रहेको लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। मन्त्रिपरिषद् बैठकले उनलाई पाँच वर्षका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले छोइङ डोल्मा लामा मोक्तानलाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)