पूर्वी नवलपरासी एमाले अध्यक्षमा मुक्तिराम पाण्डे
ekantipur.com · Tue Jan 11 00:54:11 GMT 2022
पूर्वी नवलपरासी — चार दिनको लामो रस्साकस्सीपछि एमाले पूर्वी नवलपरासीको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन्।
शुक्रबार सुरु अधिवेशनले पहिलो दिनदेखिकै अध्यक्षका दाबेदार रोशन गाहा र सचिव जीवन श्रेष्ठबीच सहमति हुन नसकेपछि अध्यक्ष मण्डलले पाण्डेको नाममा सहमति गरेको हो । गाहा र श्रेष्ठ एमाले जिल्ला नेतृत्वमा २० वर्षदेखि रहँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)