पदयात्रामा रमाउनेका लागि उदयपुरमा ‘ढाक्रे ट्रेल’ सुरु
ekantipur.com · Sat Apr 19 17:07:00 GMT 2025

उदयपुर — पर्यटन प्रवर्द्धनका लागि उदयपुरमा ‘ढाक्रे ट्रेल’ पदमार्ग सञ्चालनमा ल्याइएको छ । उदयपुरगढी गाउँपालिका–८, बाघखोरबाट लिम्चुङबुङ हुँदै हलेसी पुग्न सकिने गरी नयाँ पदमार्गको शनिबार उद्घाटन गरिएको हो ।
‘बाघखोर–लिम्चुबुङ–हलेसी’ पदमार्गलाई स्थापित गर्ने गरी औपचारिक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले पदयात्रीलाई बिदा गरेका थिए । दुई दशकअघिसम्म सदरमुकाम गाईघाटबाट ढाकरमा नुन, तेल, चामल लगायतका सामान बोकेर गाउँ पुर्याउने बाटोलाई पुनः स्थापित गराउन ‘ढाक्रे ट्रेल’ नाम राखेर पदयात्रा सुरु गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)