मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दशैँमा खानपानदेखि दिनचर्यासम्म ध्यान दिन चिकित्सकको सुझाव

kalakarmi.com · Sun Oct 18 05:02:45 GMT 2026

काठमाडौं- दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन् ।

चाडपर्वमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान, पर्याप्त पानी नपिउने र राति अबेरसम्म जाग्राम बस्ने बानीले पेट तथा मलद्वारसम्बन्धी समस्या बढाउन सक्ने उनले बताए । उनले चाडपर्वमा मानिसको खानपान र दिनचर्या सामान्य दिनको तुलनामा फरक हुने भए पनि शरीरको प्रणाली भने परिवर्तन नहुने बताए । दशैँको रमाइलोमा मानिसले खानेकुराको मात्रा नमिलाउने, समयमा नसुत्ने र शारीरिक गतिविधिमा ध्यान नदिने गर्दा स्वास्थ्यमा समस्या देखिन सक्ने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)