एमालेको घोषणा: १० जिबी डाटा फ्रि देखि २५ हजारसम्म ऋण मिनाहसम्म
corporatenepal.com · Thu Feb 19 09:15:42 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी निर्वाचनपछि गठन हुने नयाँ सरकारले कार्यभार सम्हालेलगत्तै कार्यान्वयनमा लैजाने गरी ११ बुँदे विशेष योजना सार्वजनिक गरेको छ ।
मन्त्रीपरिषद्को पहिलो बैठकबाटै निर्णय गरी निश्चित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस योजनाले युवा, विद्यार्थी, महिला र श्रमिक वर्गलाई मुख्य प्राथमिकतामा राखेको छ ।
Advertisement
सरकारले १८ देखि २८ वर्षका युवाहरूलाई लक्षित गर्दै हरेक महिना १० जिबी इन्टरनेट डाटा एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । यस्तै, सूचना प्रविधि क्षेत्रमा स्टार्टअप र निर्यात प्रवर्द्धनका लागि युवा उद्यमीहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको डलर कार्ड उपलब्ध गराइनेछ । यसबाट १० लाख युवालाई स्वरोजगार बनाउने र विदेशमा सेयर खरिद–बिक्री गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य लिइएको छ ।
प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि २० लाख रुपियाँसम्म निर्व्याजी ऋण उपलब्ध गराइने भएको छ। साथै, सरकारी र निजी क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको इन्टर्नसिपको अनिवार्य व्यवस्था गरिने योजनामा उल्लेख छ।
श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक बढाएर २५ हजार रुपैयाँ पुर्याइने भएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सम्मानस्वरूप वार्षिक ५ हजार रुयिाँ बैंक खातामा थप गरिदिने र उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने घोषणा गरिएको छ । शिक्षक, स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीहरूका लागि पनि योगदानमा आधारित सामाजिक सुरक्षा र मर्यादाक्रमको विशेष व्यवस्था गरिएको छ ।
महिला उद्यमशीलताका लागि २० लाख रुपियाँसम्म निर्व्याजी ऋण र व्यवसायको निःशुल्क बीमा गरिनेछ । सुत्केरी हुने महिलाका लागि प्रतिजन्म २० हजार रुपियाँ मातृशिशु पोषण भत्ता र गर्भवती महिलाका लागि ५ लाख रुपियाँको निःशुल्क जीवन बीमा गरिने प्रतिबद्धता जनाएको छ ।
यसैगरी सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने जनाएको छ ।
सरकारले गरिब परिवारको पहिचान गरी उनीहरूले २०८२ भदौसम्म बैंकबाट लिएको २५ हजार रुपियाँको निःशुल्क जीवन बीमा गरिने प्रतिबद्धता जनाएको छ । सम्मको ऋण मिनाहा गर्ने भएको छ। सुरक्षाकर्मीहरूको हकहित र अवकाशप्राप्त कर्मचारीको सम्मानजनक जीवनयापनका लागि पनि विशेष प्याकेज ल्याइने प्रतिबद्धता जनाइएको छ ।
यस महत्त्वाकांक्षी योजनाले मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)