मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनका कैदीबन्दीलाई दशैंको उत्साह छैन

nepalnews.com · Sun Oct 18 05:06:18 GMT 2026

चितवन। विगतका वर्षमा दशैं उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन। गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन।

विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आएका पदमबहादुर थारू (नाम थर परिवर्तित) अघिल्ला वर्षहरूको जस्तो उत्साह दशैंमा नभएको बताउँछन्। उनले भने, “अघिल्ला वर्षहरूमा दशैंमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौं।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दशैं मनाउने योजना रहेको उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)