मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गजुरविहीन बज्रबाराही : आस्था, रहस्य र प्रकृतिको अनुपम सङ्गम

ratopati.com · Sun Oct 18 05:15:00 GMT 2026

रहरलाग्दो हरियाली । चराचुरुङ्गीको मधुर आवाज । शीतल हावा । रुखका पातबाट छिचोलिएर आउने घाम । अनि जङ्गलको बीचमा शान्तसँग उभिएको दुईतले मन्दिर । तर मन्दिरको छानामाथि गजुर छैन ।

ललितपुरको गोदावरी–११, चापागाउँस्थित बज्रबाराही मन्दिर परिसर पुग्दा देखिने दृश्य हो यो । मन्दिरको स्वरूप अरू मन्दिरभन्दा अलि भिन्न छ । यसको छानामाथि गजुर छैन । यही अभावले मन्दिरलाई झन् रहस्यमय बनाएको छ । गजुर किन राखिएन ? कसैले राख्ने आँट गरेन कि राख्नै नहुने कुनै धार्मिक मान्यता छ ? यी प्रश्नसँगै यहाँ अनेक किंवदन्ती जोडिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)