उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
kendrabindu.com · Sun Oct 18 05:22:18 GMT 2026

डडेल्धुरा । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ।
डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ। दसैँका दिन पनि यहाँ भव्य पूजाआजा हुने गर्दछ। मेलामा सुदूरपश्चिमका नौवटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)