मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्वालियरमा अनियन्त्रित ट्रकले किच्दा १३ श्रद्धालुको मृत्यु, ३९ जना घाइते

canadanepal.com · Sun Oct 18 05:22:48 GMT 2026

मुम्बइ - भारतको मध्य प्रदेशस्थित ग्वालियरमा नवरात्रिका अवसरमा शीतला माता मन्दिरको दर्शन गर्न जाँदै गरेका श्रद्धालुहरूमाथि धान बोकेको अनियन्त्रित ट्रक पल्टिँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ड्युटीमा खटिएका दुई प्रहरीकर्मीसमेत ३९ जना घाइते भएका छन्।

ग्वालियरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धर्मवीर सिंहका अनुसार शनिबार राति करिब १:३० बजे छिनोरतर्फबाट मन्दिर जाने सडकमा उक्त दुर्घटना भएको हो। ढलानयुक्त सो सडकमा भारी सवारीसाधनको आवागमन प्रतिबन्धित भए पनि धान बोकेको ट्रक प्रहरीको अवरोध तोड्दै अनियन्त्रित भई तल खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)