कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड हुँदा १९ जनाको मृत्यु
barnanmedia.com · Sun Oct 18 05:13:11 GMT 2026

भारतको पश्चिम बंगाल राज्यको कोलकातास्थित चोरबागान सार्वजनिक दुर्गा पूजा पण्डालमा भएको भागदौडमा परी कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा महिला र बालबालिकासहित केही मानिस घाइते छन् । ९१ वर्षदेखि आयोजना गरिँदै आएको उक्त पूजामा यसअघि यस्तो गम्भीर दुर्घटना नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले सुरुमा १७ र पछि थप दुईजनाको मृत्यु भएको जानकारी दिएका छन् । घटनामा घाइते भएका २४ जनाको अवस्था खतरामुक्त छ । एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)