फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक
nepalnews.com · Sun Oct 18 05:28:29 GMT 2026

पेरिस। बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ। घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात गुमेको छ।
गृह मन्त्रालयका अनुसार प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए। श्रमिक संगठन सीजीटीले भने आठ लाख मानिसले सहभागिता जनाएको दाबी गरेको छ। मास्क लगाएका युवाहरूले पेरिससहित मार्सेइ, बोर्डो, लिल र अन्य सहरमा पसल लुट्नुका साथै गाडी र सरकारी भवनमा आगजनी तथा तोडफोड गरेका थिए। लिमोजमा १४० वर्षभन्दा पुरानो भवनमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)